उद्यमशीलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्रै उद्यमशीलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्ने बताएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडा न-४ स्थीत बुलुचोकमा झापा इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित १० मेगावाट क्षमताको ग्रीडमा जडित  सौर्य विद्युत् परियोजनाको समुद्घाटन  गर्दै ओलीले युवाहरूलाई स्वदेशमा परिचालन गर्ने गरि उद्यमशीलताको विकास गर्नुपर्ने बताएका हुन् ।  


अध्यक्ष ओलीले देश विकास गर्न कृषिमा विज्ञान र प्रविधिको प्रयोग जरुरी रहेको भन्दै उर्जाको प्रयोग गरेर कृषिमा आधुनिकीकरण गर्न सकिने बताए ।