आज दुई वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै सोही समय राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ । बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय सम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।