अफगानिस्तानमा सबै किसिमका आतङ्कवादी समूहमाथि प्रतिबन्ध



अफगानिस्तानको सरकारले देशमा कुनै पनि आतङ्कवादी समूहलाई गतिविधि गर्न अनुमति नदिने भएको छ ।

सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले सरकार अफगानिस्तानमा यस किसिमका कुनै पनि बाहिरी समूहलाई गतिविधि सञ्चालन गर्न वा अफगानिस्तानमा उपस्थित हुन अनुमति नदिने बताएका छन् ।


युद्धग्रस्त अफगानिस्तानमा अल–कायदा नेटवर्क र इस्लामिक स्टेट सङ्गठन सहित २० वटाभन्दा बढी आतङ्कवादी समूहको उपस्थितिको रहेको बताइएका बेला उनको यस्तो धारणा सार्वजनिक भएको हो ।