हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा हामी पसिना बगाउन चाहन्छौं : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई अग्रपंक्तिमा होमेर आफू पछाडि बसेर राजनीति गर्नेदिन गएको बताएका छन् । आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट सुरु भएको दवाव यात्रालाई सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ युगको सुरुवात गर्न आफूहरुले एउटा छुट्टै र पृथक आन्दोलन गर्न गागेको बताएका छन् ।

पूर्व उपप्रधानमन्त्ती तगा गृहमन्त्रीसमेत रहेका लामिछानेले भने‘ यो देशमा धेरै क्रान्तीहरु भए ती क्रान्तीलाई अवमूल्यन गर्ने हाम्रो अभिप्राय होइन् । त्यो हैसियत हाम्रो छैन्’ उनले भने ,‘हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा हामी पसिना बगाउन चाहन्छौं। पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ। यो पनि होइन कहिले पनि ठूला ठूला क्रान्तिको आवश्यकता पर्दैन। तर अहिले बेला आएको छैन।’


लामिछानेले जनताबाट शक्ति र मत लिएर सत्तामा जाने र जनतालाई दुखदिने राजनीतिको अन्य हुनुपर्ने र त्यो अन्त्यका लागि रास्वपाले अभियान थालेको बताएका छन् । उनले रास्वपाले थालेको दवाव यात्रामा पार्टीको नारा, लागो र राजनीतिक भाषा प्रयाग नगरिने पनि उद्घोष गरेका छन् ।

उनले आफूहरुले यठाएको मुद्दालाई हरेक पार्टीले कूटनीतक रंग पोत्न खाजेको आरोपसमेत लगाए । उनले रास्वपाले थालेको यो अभियानलाई राजनीीतक रंग नपोत्नसमेत आग्रह गरेका छन् । उनले भने हामीले छानेको आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन। नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुपर्‍यो। हाम्रो उद्देश्य यति हो। एउटा बाटो बनाउन युग पर्खनु पर्दैन। राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस्।

रास्वपाले आजदेखि थालेको ‘राष्ट्रव्यापी दबाब अभियान’अगामी चैत २१ सम्म जारी रहनेछ । पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गरेका छन् ।

दबाब यात्रामा सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागिएको हो ।