संक्रमणकालीन न्याय निश्कर्षमा नपुग्दा नागरिकले दुःख पाएः उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संक्रमणकालीन न्याय निश्कर्षमा नपुग्दा नगरिकले दुःख पाउन परेको बताएका छन् ।

पार्टीको महासमिति बैठकमा उपसभापति खड्काले पेश गरेको नीति प्रस्तावमा राजनीतिक स्थायित्व, सब्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दाे र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा संक्रमणकालीन अवस्था लम्बिइरहेको उनले उल्लेख गरेका छन् ।


सत्यनिरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न नसकेका कारण तीन तहको सरकारबाट अपेक्षा गरिएजस्तो छिटोछरितो सेवा प्रवाह हुन नसकेको उपसभापति खड्काको निश्कर्ष छ । साथै, उनले समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन परिवर्तन गर्न नसक्दा र टिआरसी विधेयक नटुङ्गिँदा नागरिकका दुःख तथा कष्टमा आशा गरेअनुसार सुधार आउन नसकेको उल्लेख गरेका छन् ।