मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको भन्दै तीन जना पूर्वसचिवविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा सरकारका तीन जना पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । त्यस्तै आयोगले अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।