माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदै, सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने



काठमाडौं । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यस अगाडि शुक्रबार बसेको सभामुख देवराज घिमिरेसहिति सबै दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

हिलो दिन राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र पढेर सुनाउने, सरकारले ल्याएका अध्यादेशहरु पेश गर्ने, शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहनेछ ।


२२ गते दिउँसो ४ बजे संसद बैठक बोलाइएको छ । ढिलो बैठक बोलाइएका कारण शीर्ष नेताहरुको सम्बोधन अर्को दिनका लागि राखिएको हो । यसको औपचारिक निर्णय भने प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले गर्नेछ ।

यसपटकदेखि प्रतिनिधि सभामा संसदीय क्यालेण्डर लागू गर्ने पनि संसद सचिवालयको तयारी छ ।