काठमाडौं । नेकपा माओवादी केन्द्रले चैत्र १ गतेबाट विभिन्न अभियान सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको स्थायी कमिटी बैठकले तराई मधेस जागरण अभियान, उत्तर दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्ने गरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । त्यस्तै माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत खट्ने कार्यकर्ता र नेतालाई सम्मान गर्ने उनले बताए ।
उनले पार्टी अभियानमा राम्रो गर्नेलाई सम्मान पत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्बन, चेतावनीसम्म हुन सक्ने जिकिर गरे । मधेशमा विश्वासको मत, सिराहा समस्या लगायतका विषयमा आगामी बैठकमा छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।
त्यस्तै उनले कांग्रेसको महासमितिलाई पार्टीले नियाली रहेको भन्दै कांग्रेसभित्रको गठबन्धनको छलफलले कुनै अन्तर नपर्ने जिकिर गरे ।