बीबीसी । युद्धसम्बन्धी मामिला हेर्ने इजरायली मन्त्री बेनी गान्ट्सले हमासलाई मार्च १० सम्म सबै बन्धकलाई मुक्त गर्न चेतावनी दिएका छन् । नत्र इजरायली सेनाले रफाह सहरमा आक्रमण गर्ने उनले बताएका छन् ।
इजरायली सेना उक्त सहरमा प्रवेश गर्न सक्ने सम्भावित मिति खुलाइएको यो पहिलो पटक हो । गाजाको सबैभन्दा दक्षिणमा पर्ने उक्त सहरमा झन्डै १५ लाख प्यालेस्टिनीहरू शरण लिएर बसेका छन् । उक्त सहरमा हुन सक्ने सम्भावित हमलाको विश्वभरिबाट विरोध भइरहेको छ ।
यसअघि संयुक्त राष्ट्रसङ्घको जनस्वास्थ्यसम्बन्धी निकायले इजरायली आक्रमणले गर्दा गाजाको एउटा प्रमुख अस्पताल बन्द भएको बताएको थियो । विश्व स्वास्थ्य सङ्गठन ( डब्ल्यू एचओ)ले आफूलाई रफाहको उत्तरी क्षेत्र खान यूनिसमा रहेको नासेर अस्पतालमा अवस्था बुझ्न प्रवेश गर्न नदिइएको बताएको थियो ।
त्यहाँ हमासले केही बन्दी राखेको जानकारी प्राप्त भएको भन्दै इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) बिहीबार अस्पताल परिसरमा प्रवेश गरेको थियो।