बझाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट



बझाङ । बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन्।

खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो आगलागी भएको हो।


आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।