पूर्वभूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले पाए सफाई



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्व भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाई पाएका छन्। 

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु,रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले जोशी र श्रेष्ठलाई सफाई दिएको हो।


त्यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका विजय गच्छदारले पनि सफाई पाएका छन्। आरोप दाबी पुष्टि हुन नसक्ने भन्दै उनीहरूलाई सफाइ दिइएको हो।