परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले मंगलबार अपराह्न भारतीय बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।


परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा छिन् ।