परराष्ट्रमन्त्री साउदसँग चिनियाँ राजदूतको भेट



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् । बुधबार परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत सोङ मन्त्रालय पुगेका थिए ।

भेटमा नेपाल र चीनबीचको द्विपक्षीय मैत्रीपूर्ण सहयोगलाई अझ अगाडि बढाउने विषयमा छलफल भएको राजदूत सोङले जानकारी दिएका छन् ।