नक्कली प्राध्यापकले उपकुलपतिका लागि आवेदन दिएको खुलासा



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ ।

उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए ।


आवेदन दिएकाहरूमध्ये एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन रद्ध गरिएको सचिव अधिकारीले बताए । सोमबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सचिव अधिकारीले उनको आवेदन खारेज गरिएको बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो । जसमा ४१ जना पुरूष र २ जना महिला थिए ।