गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण



काठमाडौं । सरकारले देशभर सरकारी जग्गा अतिक्रमणको अवस्थाबारे विवरण संकलन गरी पठाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी सरकारी जग्गा कायम गर्न सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।


मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको हो ।