काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिर्वाय उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न भनेको हो ।
संसदको अधिवेशन चल्दासम्म सदस्यहरुले राजधानी नछाड्ने र राजधानी छाड्नुपर्यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देशन जारी भएको प्रमुख सचेतक रमेश लेखकले बताए ।
संसद्को हिउँदे अधिवेशन आगामी माघ २२ गते दिउँसो ४ बजेको लागि बोलाइएको छ ।