काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार संसद भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे बस्ने एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा सरकारका कामकारबाही र जनसरोकारका मुद्दालाई कसरी कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।