इन्डोनेसियामा भर्खरै भएको आम निर्वाचनमा २७ जना मतदान कर्मचारीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सिती नादिया तरमिजीले फेब्रुअरी १० देखि १५ सम्म मन्त्रालयलाई प्राप्त जानकारीका आधारमा मतदान अघि, मतदानका क्रममा र मतदानपछि उनीहरूको मृत्यु भएको जानकारी दिए ।
मृत्युको मुख्य कारण हृदयाघात रहेको पाइएको छ जसमा ९ जनाको हृदयाघातबाट ज्यान गएको तरमिजीले बताए । अन्य कारणहरूमा सवारी दुर्घटनाबाट चार जनाको, दुई जनाको विद्युतीय झड्काबाट मृत्यु भएको छ भने उच्च रक्तचाप र श्वासप्रश्वासजन्य जटिलताबाट दुई जनाको मृत्यु भएको छ ।
बाँकीको निधन बारे पुष्टि हुन बाँकी छ । इन्डोनेसियाको बुधबारको आम चुनावमा २०४ मिलियन भन्दा बढी मतदाता आठ लाख २३ हजार २२० स्टेशनमार्फत ५ दशमलव ७४ मिलियन भन्दा बढी मतदान कार्यकर्ता सहभागी रहेको निर्वाचन आयोगले जनाएको छ ।