आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आर्मी र चर्चब्वाइज भिड्दै



पोखरा । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेड भिड्दैछन् । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुने आजको खेल जित्ने टिमले शनिबार उपाधिका भिड्नेछन् ।

आहा–रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । गत बुधबार पहिलो सेमिफाइनलमा जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार फाइनल प्रवेश गरेको थियो। प्रतियोगितामा यो वर्ष दुई विदेशीसहित १२ टिम सहभागी थिए भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ जित्नेछन् । गतवर्ष संकटा क्लब काठमाडौँले उपाधि जितेको थियो ।