राष्ट्रियसभा निर्वाचन : तीन स्वतन्त्र मेयरले गरेनन् मतदान



काठमाडौं। राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन स्वतन्त्र मेयरले मतदान गरेनन्। बिहीबार भएको निर्वाचनमा उनीहरुले मतदान नगरेका हुन्।

गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएर चर्चामा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र  शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा मतदान नगरेका हुन्।


सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट सुरु भएर अपरान्ह ३ बजेसम्म चलेको मतदान कार्यमा उनीहरु सहभागी नभएकाे निर्वाचन आयोगले जनाएको छ।