काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा नेकपा (एमाले) का दुई जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लुम्बिनीमा रिक्त हुन लागेको २ सिटमा एमालेका झपेन्द्र बहादुर घर्ती क्षेत्री (जिसी) र तुलसाकुमारी केसीले मनोनयन गर्दा गराएका हुन् ।
मनोनयन दर्ताका क्रममा एमाले नेता तथा कार्यकर्ताहरु निर्वाचन कार्यालय पुगेका थिए । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटमा निर्वाचन हुँदैछ ।