काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ ।
आइतबार बसेको पार्टी कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बागमतीमा चार वटै सिटमा उम्मेदवारी दिने भएको छ ।
बागमतीमा महिलातर्फ नानु नगरकोटी, अल्पसंख्यकतर्फ भरतमणि भट्ट, दलिततर्फ पूर्णबहादुर विक र अन्यतर्फ हेमजङ गुरुङ राप्रपाका उम्मेदवार हुन् ।
गण्डकीमा महिलातर्फ गौमती श्रेष्ठ र अन्यतर्फ रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको राप्रपाले
लुम्बिनीमा अन्यतर्फ निरञ्जन थापा र महिलातर्फ विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने भएको छ ।
मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राप्रपाका एक-एक जना मात्र प्रदेशसभा सदस्य रहेको छन् । त्यसैले यी तीन प्रदेशमा उम्मेदवारी दिने सम्भावना कम रहेको छ । तर, अन्य पार्टीबाट समर्थक र प्रस्तावक पाए उम्मेदवारी दिन सक्ने बताइएको छ ।