बेलायतले प्यालेस्टिनी शरणार्थीहरूका लागि सहयोग रोक्ने



इजरायलले अक्टोबर ७ मा हमासको आक्रमणमा थुप्रै कर्मचारीहरू संलग्न भएको आरोप लगाएपछि बेलायती सरकारले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको एजेन्सीलाई ‘अस्थायी रूपमा आर्थिक सहयोग रोक्न’ सकिने उल्लेख गरेको छ।

‘युएनआरडब्ल्यूए कर्मचारी इजरायल विरुद्धको अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न रहेको आरोपले बेलायत स्तब्ध भएको छ,’ विदेश कार्यालयले जनाएको छ । ‘हामी यी आरोपहरूको समीक्षा गर्ने क्रममा सहायता रोकिने छौ’, कार्यालयले उल्लेख गरेको छ ।