बालाजुबाट नक्कली नोटसहित एक महिला पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने काभ्रे नवबुद्ध नगरपालका–१० घर भएकी २५ वर्षीया मनिषा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । 


उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।