काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा नुवाकोट पंचकन्या घर भई काठमाडौं टोखामा बस्ने २२ वर्षीय रचना थापा रहेकी छिन् ।
थापाले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु त्यसको लागि १२ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख ३० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी ९ लाख ९० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार टोखाको मनमैजुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।