दार्चुलामा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार



दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुवरले ड्युटीमा रहेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका छन् ।

आज (आइतबार) दिउँसो उनले प्रहरीमाथि चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखामुनि गहिरो चोट लागेको छ । उमेशविरुद्ध श्रीमतीलाई कुटपिट गरेको भन्दै उजुरी परेको थियो ।


आफूविरुद्ध उजुरी परेपछि नियन्त्रणमा लिन आएका प्रहरीलाई नै उमेशले चक्कु प्रहार गरेका हुन् । प्रहरीमाथि चक्कु प्रहार गरेका उमेश अहिले फरार छन् । उमेशको खोजी कार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ ।