जाजरकोट । जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका एक बालकको चिसोका कारण मृत्यु भएको छ ।
नलगाड नगरपालिका-४ मानचौरका विजय रावलका तीन महिने छोरा अरुण रावलको चिसोका कारण मृत्यु भएको हो । चिसोले गर्दा निमोनिया भएको र समयमा उपचार नगराउँदा उनको ज्यान गएको वडाध्यक्ष बद्री पन्तले जानकारी दिएका छन् ।
उनको मृत्युसँगै जाजरकोटमा चिसोका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा चार बालबालिका र एक सुत्केरी समेत रहेका छन् । रुकुम पश्चिमसहित भूकम्पपछि चिसोका कारण अहिलेसम्म ३९ जनाको ज्यान गइसकेको छ ।