गण्डकीबाट राष्ट्रिय सभामा माओवादी केन्द्रकी उम्मेदवार शर्मा विजयी



पोखरा । राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मनरूपा शर्मा विजयी भएकी छन् ।

बिहीबार अपराह्न सकिएको मतगणनामा शर्माले ३६६० मतभार प्राप्त गर्दै विजयी भएकी हुन् ।


उनले नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटालाई पराजित गरकी छन् । देवकोटाले  २५५३ मतभार प्राप्त गरेकी थिइन् । त्यस्तै राप्रपाकी गौ माया श्रेष्ठले १०६ मतभार पाएकी थिइन् । 

गण्डकी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ६० जना मतदाता रहेकोमा ६० जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ जनाले मतदान गरी ९९.४१  प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।