आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा



काठमाडौं । नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनैपनि न्यायाधीशले नतानेपछि स्थगितको सूचीमा परेको हो ।

रौतहट जिल्ला अदालतमा पुस २९ गते आइतबार (आज) अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, कुनैपनि न्यायाधीशले गोला नतानिएपछि स्थगितमा यो मुद्दा सूचीम परेको हो ।


सात जना न्यायाधीशको दरवन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएकाछन् । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आलममाथि आरोप छ ।