आर्मीलाई हराउदै नेपाल पुलिस राष्ट्रिय पुरुष भलिबलको फाइनलमा



काठमाडौँ । नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न वीरेन्द्रनगरस्थित खुलामञ्चमा सम्पन्न दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई तीन सेटको सोझो सेटमा पराजित गरेको हो ।


यो जितसँगै अब पुलिसले बिहीबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफको सामना गर्ने भएको छ ।

यस खेलमा पुलिसले आर्मीलाई २५-२१, २५-२३ र २५-१९ ले पराजित अग्रेको हो । 

त्यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई २५-२३, २५-२० र २५-१५ ले पराजित गरेर फाइनलमा पुगेको थियो ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल खेल एपीएफ र पुलिसबीच बिहीबार हुने छ ।