६ महिनामा भित्रियो ६८ करोडको सेनिटरी प्याड



काठमाडौँ । नेपालमा ६८ करोड रुपैयाँको सेनिटरी प्याड भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६८ करोड ९ लाख ६२ हजार रुपैयाँको सेनिटरी प्याड आयात भएको हो ।

सो मूल्य बराबरको १० करोड ३६ लाख पिससेनिटरी प्याड आयात भएको छ । सो बापत सरकारले १२ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालले भारत, बंगलादेश, चीन, अष्ट्रेलिया, दक्षिण कोरिया, हङकङ, डेनमार्क, अमेरिका लगायत मुलुकबाट सो प्याड भित्र्याइएको हो । 


यस्तै, ६ महिनामा ५४ हजार किलो बराबर २ करोड ४१ लाख ७६ हजार रुपैयाँको नेपकिन आयत भएको छ । चीन, मलेसिया, भारत र अमेरिकाबाट सो नेपकिन आयात गरिएको विभागले जनाएको छ । सो बापत सरकारले ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा ६ करोड ८५ लाख पिस डाइपर आयात भएको छ । सो डाइपर आयात गर्दा १ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ । सोबाट सरकारले ३२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।