२४ वटा राष्ट्रिय गौरबका आयोजनामध्ये धेरैजसो हचुवाको भरमा छनोट : मन्त्री ज्वाला



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरु हचुवाको भरमा छनोट भएको टिप्पणी गरेका छन् ।

बिहीबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री ज्वालाले मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरबका आयोजनाहरु धेरैजसो हचुवाको भरमा छनोट भएको भन्दै पुनर्विचार हुने बताए ।


छलफल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको हालसम्मको प्रगति, समस्या, चुनौति र भावी कार्ययोजनाबारे केन्दित थियो । उनले भने,‘हाम्रो मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरवका आयोजना हचुवाको भरमा छनोट भएका छन् । कतिपय कोषहरु पनि राष्ट्रिय गौरवका आयोजनाहरु छन् । हामीले आयोजनाको पुनःमूल्याङकन गरेका छौं । आयोजनाहरु थप्नुपनि पर्छ । तर धेरै जस्तो घटाउनुपर्ने छन् । यसमा पुनःविचार हुन्छ ।’

उनले वहुबर्षीय आयोजनाहरुका लागि अलग ऐन नहुँदा कानुनी रुपमा अल्झेको गुनासो गरे । ठेक्का पक्रियामा ऐनकै कारण झमेला भएको भन्दै विकाससँग जोडिएका ऐन कानुनहरुलाई सहज, सरल र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।