सेयर बजार दोहोरो अंकले बढ्यो



काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार ३६.५७ अंकले बढेको  सेयर बजार २०५९.४२ विन्दुमा पुगेर बन्द भएको छ । 


यसदिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०२ रुपैयाँको कारोबार भएको छ । 

यसदिन २१२ वटा कम्पनीको सेयरमूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।