सेयर बजार दोहोरो अंकले घट्यो



काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। आइतबार २६.३६ अंकले घटेको सेयर बजार २०२२.९२ विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँको कारोबार भएको छ।


यसदिन ८१ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ।