सभामुखद्वारा विषयगत समितिका सभापतिहरुसँग छलफल



काठमाडौं । सभामुख देवराज घिमिरे र विषयगत समितिका सभापतिहरूसँग छलफल जारी रहेको छ ।

संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन । 


सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीका अनुसार समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका थिए ।

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखले सभापतिहरूसँग छलफल भईरहेको उनले जनाएका छन ।