काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सजाय निर्धारणका लागि वहस जारी रहेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलास बहस भइरहेको हो । सन्दीप विरुद्ध गौशला–२६ (परिवर्तित नाम) ले बलात्कार मुद्दा दायर गरेकी थिईन् । सन्दीप उक्त मुद्दामा दोषी ठहर भइसकेका छन् ।
गौशला–२६ पक्षका कानुन व्यवसायीहरुले उनलाई अधिकतम सजाय हुनुपर्ने जिकिर लिइरहेका छन् भने सन्दीप पक्षका कानुन व्यवसायीहरुले न्युनतम सजाय तोकिनुपर्ने भन्दै वहस गरिरहेका छन् ।