संविधानले दिएको अधिकार उपयोग गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्  ।

मंगलबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा थारू आयोगको पाँचौ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले अहिलेको संविधानले सबैलाई अधिकार दिएको भन्दै अधिकार स्थापित गर्नका लागि आयोग लगायत सबै गम्भीर बन्नुपर्ने बताए । 


गणतन्त्र स्थापनापछि अधिकार स्थापित गर्नका लागि विभिन्न आदिवासी जनजाति योगहरू गठन गर्नुपरेको उनले बताए । उनले नामको मात्रै आयोगको अर्थ नरहने बताउँदै आयोगले दिएको काम, कर्तव्य र अधिकार अनुसार काम गरेर देखाउन सकेमा आयोग गठन भएको पुष्टि हुने धारणा राखे 

उक्त कार्यक्रममा बोल्दै थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थारू भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सरकारसँग माग गरे ।