विपक्षी दलको बहिस्कारका बाबजुद बंगलादेशमा आज मतदान



ढाका । बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । 

प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै वर्तमान सरकारको नेतृत्वमा हुने कुनै पनि निर्वाचन निष्पक्ष र विश्वसनीय नहुने दाबी गरे पछि प्रधानमन्त्री शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । 


एकातिर हसिना सरकारले हजारौं प्रतिद्वन्द्वी राजनीतिज्ञ र समर्थकहरूलाई गिरफ्तार गरेको आरोपमा अमेरिका र अन्य पश्चिमी देशहरूले बारम्बार चिन्ता व्यक्त गरेका छन् । 

पश्चिमा देशहरूले बारम्बार हसिना सरकारको लोकतान्त्रिक विश्वसनीयता माथि प्रश्न उठाएका छन् र अधिकार समूहहरूले बंगलादेश सरकारलाई विपक्षीहरूलाई अपाङ्ग गरेको आरोप लगाउँदै निन्दा गरेका छन्, जबकि भारत र चीनले शेख हसिना सरकारप्रति नरम अडान अपनाएका छन् ।