विकास–निर्माणमा सरकार असफल भयो : महासचिव पोखरेल



गलकोट । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् । 

एमाले बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले राजश्व सङ्कलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए । 


आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए ।  राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।