रुवाण्डामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु, ४ जना बेपत्ता



किगाली । पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटना भएको हो । किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ ।


जहाजमा ४६ जना यात्रु रहेको बुझिएको छ ।  शनिबार बिहानसम्म ११ जनाको शव निकालिएको छ भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले पत्रकारहरूलाई जनाकारी दिएका छन् ।

अझै चार जनाको खोजी जारी छ । एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बुझिएको छ ।

किसानहरू बाली स्यारेर फर्किएकाले डुङ्गामा मकै, सिमीलगायतका कृषि उपजको भारी रहेको उनले बताएका छन् ।