रास्वपाले बोलायो संसदीय दलको बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक डाकेको छ । शुक्रबार बिहान ११ बजेका लागि दलको बैठक डाकिएको रास्वपाले जनाएको छ ।

संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको रास्वपाले जनाएकधो छ ।


संसद्को हिउँदे अधिवेशन यहि २२ गतेबाट सुरु हुँदैछ ।