काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन पदाधिकारी बैठक बोलाइएको हो ।
माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बस्ने बताए ।
सत्तारुढ गठबन्धन दलबीच राष्ट्रिय सभा निर्वाचनमा भागबण्डा टुङ्गिएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुँदैछ । जसमा माओवादी केन्द्रले छ सिट पाएको छ । माओवादीले पाएको छ सिटमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे पदाधिकारी बैठकले टुङ्ग्याउने छ ।