राष्ट्रियसभा निर्वाचन : एमालेले बाग्मती प्रदेशमा टुँग्यायो उम्मेद्वार (नामसहित)



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बागमती प्रदेशमा राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेले बाग्मती प्रदेशमा रोचकुमारी चौलागाईं (दोलखा), विवेक देवकोटा (काठमाडौंं), ध्रुव विश्वकर्मा (धादिङ) र त्रिलोचन पौडेल (चितवन) को नाम टुंगो लगाएको छ ।


गत शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभाका १९ वटै सिटमा उम्मेद्वार दिने निर्णय गरेको थियो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा सत्ता गठबन्धनसँग सहकार्यको लागि छलफलसमेत गरेका थिए ।