राष्ट्रियसभा निर्वाचनमा कुन प्रदेशमा कति मतभार ? (सूचीसहित)



काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आइतबार प्रदेश निर्वाचन कार्यालयमा अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगकाअनुसार, कोसी प्रदेशमा ३६७, मधेस प्रदेशमा ३७४, वाग्मती प्रदेशमा ३४७, गण्डकी प्रदेशमा २३०, लुम्बिनी प्रदेशमा ३०५, कर्णाली प्रदेशमा १९६ र सुदूरपश्चिम प्रदेशमा २२८ मतदाता कायम भएका छन् ।


राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन् । निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।