काठमाडौँ । जारी यू-१९ विश्वकपमा न्यूजील्याण्डले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ ।
मंगलबार सम्पन्न खेलमा अफगानिस्तानले दिएको ९२ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २८.२ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले २१.३ ओभरमा अलआउट हुदै ९१ रन मात्र बनाएको थियो ।
यो जितपछि न्यूजील्याण्डले जारी विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । यस अघि न्यूजील्याण्डले नेपाललाई पराजित गरेको थियो ।
त्यस्तै अफगानिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ । यस अघि अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो ।
अब यस समुह अन्तर्गत बुधबार नेपाल र पाकिस्तानबीच खेल हुदै छ ।