यू-१९ क्रिकेट विश्वकप : सुपरसिक्समा नेपालको सामना भारत र बंगलादेशसँग



काठमाडौँ । जारी आइसीसी यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा नेपालले भारत र बंगलादेशको सामना गर्ने भएको छ । 

समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेपछि समुह डी मा तेस्रो हुदै सुपरसिक्समा पुगेको हो । 


अब सुपर सिक्समा एक देशले दुई खेल मात्र खेल्नु पर्ने छ । सोहि अनुसार नेपालले भारत र बंगलादेश प्रतिद्वन्दी पाउने निश्चित भएको छ । यद्यपी भारतले समुह चरणको अन्तिम खेल खेल्न बाँकी रहेको छ । 

सुपर सिक्सको समुह १ मा नेपालले अब जनवरी ३१ मा बंगलादेशको सामना गर्ने छ भने फेब्रुअरी २ मा भारतको सामना गर्ने छ । 

सुपर सिक्सका खेलपछि शिर्ष २ देश सेमिफाइनलमा पुग्ने छन् ।