माघ २२ गते संसद्को हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गतेबाट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

‘२०८० माघ २२ गते दिउँसो चार बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष बैठकका लागि सिफारिस गर्ने भन्ने निर्णय भएको छ,’– सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै भनिन् ।


यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।