माघ १६ मा वडामा हुने कार्यक्रममा अनिवार्य उपस्थित हुन कार्यकर्तालाई गगनको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहीद दिवसको दिन आगामी १६ गते देशैभरका प्रत्येक वडामा हुने कार्यक्रममा अनिवार्यरुपमा उपस्थित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार नेपाली कांग्रेसको मूख्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले १६ गते कांग्रेसले देशको ६ हजार ७ सय ४३ वटै वडामा कार्यक्रम राखेको हुँदा आफ्नो क्रियाशिल सदस्यता रहेको वडामा अनिवार्य जान निर्देशन दिएका हुन् ।


७८औं पार्टी स्थापना दिवसका अवसरमा सभापति शेरबहादुर देउवा प्रमुख सहभागी कार्यक्रम उनले देउवालाई पनि वडामा जान आग्रह गरेका छन् ।

‘चाहे सांसद, मन्त्री हुनुहोस्, चाहे सभापति हुनुहोस्, चाहे भातृ संस्थाको प्रमुख हुनुहोस् । त्यो दिन सहिदलाई सम्झनको निम्ति जहाँको क्रियाशील सदस्य हो, त्यही पुग्नुपर्दछ,’ थापाले भने । सहिद दिवसको दिनमा काठमाडौंमा देखिए कार्यक्रममा नपुगेको मानिने उनले बताए ।