काठमाडौं । स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर र सिंहदरबार वृत्तबाट खटिएको टोलीले माइतीघरबाट पक्राउ गरेको हो ।
डा. केसीसहितको टोलीले स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच, सशस्त्र द्वन्द्वपीडितलाई न्याय, निशुल्क औषधी उपचारको व्यवस्था, माइतीघर क्षेत्रलाई निषेधित क्षेत्र तोक्न नपाइनेलगायत माग राखेका थिए।
यसअघि मंसिर ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र तोकेकोमा उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोक्न नहुनेसहितका विभिन्न माग राख्दै डा। केसीको समूह प्रदर्शनमा उत्रिएको थियो।