काठमाडौं । भीड नियन्त्रणमा प्रयोग गरिने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोग सम्बन्धी रिटमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गर्दा निर्दोष नागरिकहरूको मृत्यु हुने गरेको भन्दै रिट दायर गरेका थिए ।
उनले भीड नियन्त्रणका लागि यस्ता हतियारहरू प्रयोगमै प्रतिबन्ध लगाउनुपर्ने पनि माग गरेका छन् ।
अधिवक्ता त्रिपाठीले रिट निवेदनको टुंगो नलागेसम्म घातक हतियार प्रयोग नगर्नू नगराउनू भनी आन्तरिम आदेश जारी गर्न समेत माग गरेका छन् ।